FAQs Complain Problems

ग्यालरी

सिरानचोक गाउँपालिका महिला तथा बालबालिका (सामाजिक बिकास) शाखाको आ.ब. ०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८०।०८।१८ गतेसम्म ५ दिन गाउँपालिका स्तरीय एकल महिलाहरुको जीविकोपार्जन तथा आयआर्जन सम्बन्धी बाटेको धुप बनाउने तालिम सम्पन्न ।

मिति: 12/13/2023 - 15:54
, , , ,

सिरानचोक गाउँपालिका महिला तथा बालबालिका( सामाजिक बिकास) शाखाको आ.ब. ०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सिरानचोक गाउँपालिका कार्यालयमा सिरानचोक गाउँपालिका वाड नं ५ का महिलाहरुका लागि मिति २०८०।०८।१५ गतेदेखी मिति २०८०।०८।२१ गतेसम्म संचालित विपन्न महिलाहरुको जीविकोपार्जन तथा आयआर्जन सम्बन्धी पुष्प खेती सम्बन्धी ७ दिने तालिम सम्पन्न ।

मिति: 12/13/2023 - 13:43
, , , , ,

सिरानचोक गाउँपालिका द्धारा अस्थायी प्रहरी पोष्ट, धारापानी र अस्थायी प्रहरी पोष्ट, चोरकाटे, गोरखालाई माननीय उप-प्रधान तथा गृहमन्त्री श्री नारायण काजी श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यतामा १ - १ थान मोटरसाईकल वितरण गरियो।

मिति: 05/04/2023 - 15:23
, ,

सिरानचोक गाउँपालिकाद्धारा निर्मित अस्थायी प्रहरी चौकी, चित्रेपोखरी, गोरखाको भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम, उप-प्रधानमन्त्रि तथा गृहमन्त्री श्री नारायण काजी श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यतामा समुद्घाटन गरियो।

मिति: 05/04/2023 - 13:39
, , ,

सिरानचोक गाउँपालिकाको विभिन्न विद्यालयमा कार्यालय सहयोगीको भुमिकामा जागिर गरि ६० बर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई पालिकाको तर्फ बाट रू ५० हजार उपलब्ध गराई सम्मान सहित विदाई गर्ने कार्यक्रम सम्पन्न भएको छ । उहाहरूले ३० बर्ष १० महिना देखी ४७ बर्ष ४ महिना सम्म विद्यालयमा सेवा गर्नु भएको थियो ।
कार्यक्रम मिति २०७८/०३/१८

मिति: 07/05/2021 - 11:42
, , ,

स्कन्ध पुराणको हिमवत खण्डमा उल्लेख भएको पौराणिक कथा अनुसार सिरानचोक गाउपालिकाको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको स्थल सिरानचोककोट स्थित रहेको बाबा गोरखनाथको बालक्रिडा रहेको श्रीनाथ बाबा र श्रीनाथ मण्डलीको मन्दिरमा पिठाधिश बाबा बलभद्र नाथको अगुवाइमा श्री श्री गुरु गोरक्षधाम सिद्राश्रम केन्द्र गोरखाले पुजा, गोरक्ष हवन तथा सवा लाख रोट अर्पण कार्यक्रम मिति २०७८/०२/१२ देखी १९ गते सम्म सञ्चालन गरि सम्पन्न गरियो । यस कार्यक्रमले सिरानचोक गाउपालिकाको शक्ति पीठ श्रीनाथ बाबा र श्रीनाथ मण्डलीलाई प्रचार प्रसार गर्ने काम भएको छ । यस धार्मिक कार्यमा आर्थिक, भौतिक नैतिक सहयोग पुरयाउनु हुने सम्पूर्ण देश

मिति: 06/15/2021 - 15:35
, , , , , , , , , ,

गोरखा जिल्ला गुरूङ समाज यूकेको तर्फ बाट सिरानचोक गाउँपालिका वडा न ७ लाई कन्सर्न ट्रेटर १ थान, वडा न ५ छोप्राकलाई स्वास्थ्य सामाग्री र गाउँपालिकाको समेत स्वास्थ्य सामाग्री गोरखा जिल्ला गुरूङ समाज यु के का प्रतिनिधि आँखा बिशेषज्ञ गौमाया गुरूङ र बम बहादुर गुरूङले सिरानचोक गाउँपालिकामा हस्तान्तरण गर्नु भयो ।
बेलायतमा रहनु भएका गोर्खाली गुरूङ समुदायले कोभिड-१९ को महाव्याधिमा सिरानचोक गाउँपालिकालाई सहयोग गर्नु भएकोमा गाउँपालिका गोरखा जिल्ला गुरूङ समाज यूके प्रति विशेष धन्यबाद सहित हार्दिक आभार व्यक्त गर्दछौ ।

मिति: 06/15/2021 - 15:27
, , , , , ,

नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभाका विपक्षी दलका पूर्व नेता आदरणीय दाज्यु सुरेन्द्रराज पाण्डे ज्यूको विशेष पहलमा सिरानचोक गाउपालिका केराबारी स्वास्थ्य चौकी र छोप्राक स्वास्थ्य चौकीलाई १/१ थान कन्सनट्रेटर तथा पालिकालाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो । साथै स्थानिय जनताले गाउँपालिकाको निम्ति निशुल्क दान गर्नु भएको जग्गाको पनि निरीक्षण गर्नु भयो ।
कोभिड-१९ को महाव्याधिमा पालिकालाई सहयोग गर्नु भएकोमा विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त
गर्दछौ ।

मिति: 06/15/2021 - 15:24
, , , , , , ,

प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य आदरणीय नेता चुडामणि खडका ज्यूले सिरानचोक गाउँपालिका अध्यक्ष ज्यूको अनुरोधमा कोभिड १९ को महाव्याधिमा सिरानचोक गाउँपालिकालाई महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो । साथै वडा अध्यक्ष ज्यूहरू सँग विकास निर्माणका बारेमा पनि अध्यक्ष ज्यूको कार्यकक्षमा छलफल गर्नुभयो । साथै स्थानिय जनताले गाउँपालिकाको निम्ति निःशुल्क दान गर्नु भएको जग्गाको पनि निरीक्षण गर्नु भयो ।
कोभिड-१९ को महाव्याधिमा पालिकालाई सहयोग गर्नु भएकोमा विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त
गर्दछौ ।

मिति: 06/15/2021 - 15:18
, , , , , , , , , , ,

कोभिड सक्रमितहरूको अवस्था बारे जानकारी लिन स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी सहित सिरानचोक गाउँपालिका वडा नं. १ नेपाने र भिरसिङमा ।

मिति: 06/14/2021 - 16:47
, , , , ,

सिरानचोक गाउँपालिका केरावारी निवासी रेशम पोखरेल ज्यूको तर्फबाट रू ७६ हजार बराबरको अौषधी र नेपाली काग्रेसका निर्वाचन क्षेत्र न २ का पुर्व सचिव कृष्ण ढकालको पहलमा जय फाउन्डेसन मार्फत केराबारी खोप क्लिनिकमा प्राप्त भएको स्वास्थ्य सामाग्री खोप क्लिनिकमा हस्तान्तरण गरियो । हाल केराबारी खोप क्लिनिकमा स्वास्थ्यकर्मी सहित दैनिक स्वास्थ्य सेवा सञ्चालनमा छ । मिति २०७८/२/२८

मिति: 06/14/2021 - 16:46
,

नेपाली काग्रेसका केन्द्रीय नेता एवं पूर्व सासद कमला पन्त ज्यूको पहलमा करूणा फाउन्डेसन मार्फत सिरानचोक गा.पा. वडा न ३ स्वास्थ्य चौकी हर्मीलाई प्राप्त हुने कन्सनट्रेटर १ थान र नेपाली काग्रेसका जिल्ला कार्य समितिका सचिव नन्द प्रसाद न्यौपाने ज्यूबाट १००० थान माक्स सिरानचोक गाउँपालिकालाई हस्तान्तरण ।

मिति: 06/14/2021 - 16:44
, , , ,

जनता समाजवादी पार्टीका संघीय परिषदका सदस्य चित्र बहादुर गुरूङको पहलमा कोसिना मिठो छ संस्था द्धारा सहयोगार्थ स्वास्थ्य सामाग्री पार्टीका गाउँ पालिका ईन्चार्ज, गण्डकी प्रदेश सदस्य महेश गुरुङ मार्फत सिरानचोक गाउँपालिकाको लागि पालिका अध्यक्ष राजु गुरुङ र स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठ लाई हस्तान्तरण । मिति २०७८/०२/२५

मिति: 06/14/2021 - 16:42
, , , ,

कोभिड-१९ को महामारीमा पोखरेली क्रिश्चियन समुदायको तर्फ बाट असल छिमेकी नेपाल, पोखराका कार्यकारी निर्देशक राजु अधिकारीबाट सिरानचोक गाउपालिकमा स्वास्थ्य सामाग्री हस्तान्तरण । २०७२ सालको भुकम्प पश्चात् आज सम्म पनि हरेक विपदमा असल छिमेकी पोखरा हामी सँग सँगै छौ । २०७८/०२/२८

मिति: 06/14/2021 - 16:31
, , , ,

Pages