FAQs Complain Problems

समाचार

सिरान्चोक गाउँपालिकाको गाउँसभाको १७औं अधिवेशन सम्पन्न

सिरान्चोक गाउँपालिकाको गाउँसभाको १७औँ अधिवेशनको बैठक आज औपचारिक र भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनमा गाउँ कार्यपालिका तथा गाउँसभा अन्तर्गत गठन भएका विभिन्न विषयगत समितिहरूबाट प्रस्तुत प्रतिवेदनहरूमाथि विस्तृत छलफल गरिएको थियो। छलफल पश्चात् ती सबै प्रतिवेदनहरू गाउँसभाको सर्वसम्मत निर्णयद्वारा पारित गरिएका छन्।

सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८२ र विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको ऐन, २०८२ (संशोधित आर्थिक विधेयक, २०८२) सहित अन्य केही विधेयक तथा कार्यविधिहरूमाथि गहन विचार–विमर्श गरिएको थियो। छलफलपछि सम्बन्धित सबै विधेयक तथा कार्यविधिहरू गाउँसभाबाट पारित गरिएको छ।

यसका अतिरिक्त, सभाको ‘सुन्ने समय’ को सदुपयोग गर्दै गाउँसभा सदस्यज्यूहरूले गाउँपालिकाको कार्यप्रक्रिया सरलीकरण, सुशासन प्रवर्द्धन, विकास निर्माणका गतिविधि तथा विविध समसामयिक विषयहरूमा आफ्ना महत्वपूर्ण धारणा र सुझावहरू प्रस्तुत गर्नुभएको थियो। उक्त अधिवेशनले गाउँपालिकाको समग्र संस्थागत सुदृढीकरण र उत्तरदायी शासन प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

आर्थिक वर्ष:

//