समाचार
भ्रष्टचार नियन्त्रण तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराद्वारा सिरानचोक गाउँपालिका कार्यालयको सभाहलमा भ्रष्टचार नियन्त्रण तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष सहित कार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत एवम शाखाप्रमुख, विद्यालयका शिक्षक, प्रधानअध्यापक, व्यवस्थापन समितिका अध्यक्षहरु , नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता भएको थियो ।