FAQs Complain Problems

समाचार

सिरानचोक गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

तस्बीर: 

२०८२जेष्ठ २७ गते मंगलबार ।सिरानचोक गाउपालिका पूर्ण खोप प्राप्त पालिका घोषणा भएको छ ।सिरानचोक गाउपालिका कार्यालय चित्रे पोखरी ,गोरखा को सभाहलमा भएको औपचारिक घोषणा कार्यक्रममा अध्यक्षता पालिका स्तरीय खोप समन्वय समितिका संयोजक तथा सिरानचोक गाउपलिकको अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङ ज्यु ले गर्नुभएको थियो भने प्रमुख अथिति मा जिल्ला खोप समन्वय संयोजक तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहन बहादुर थापा मगर ज्यु हुनुहुन्थ्यो।उक्त्त कार्यक्रम मा पालिका उपाध्यक्ष श्री रिता देबकोटा ,सिरानचोक गाउपालिका स्तरीय पालिका खोप समन्वय समितिको सम्पूर्ण पदाधिकारी ज्युहरु,कार्यापलिका सदस्य ग्युहरु,वडा सदस्य ज्युहरु,सबै स्वास्थ्य सस्थाका सस्था प्रमुख तथा स्वस्थ्य्कर्मिहरु,महिला सामुदायिक स्वयम् सेविका हरु,पत्रकार,शिक्षक ,पत्रकार,सुरक्षाकर्मि,आमा समुहका प्रतिनिधि हरु को उपस्थिति रहेको थियो ।
कार्यक्रम मा प्रमुख अथिति र अन्य उपस्थित सम्पूर्ण महानुभाबहरुलाई सिरानचोक गाउपलिका का प्रमुख प्रशासकीय अधिकृत श्री ठाकुर प्रसाद अर्याल ज्युबाट स्वागत मन्तब्य राख्नु भएको र प्रमुख अथिति श्री मोहन बहादुर थापा मगर ज्युबाट कार्यक्रम ब्यानर बाचन गरि उद्घाघाटन भएको थियो भने पूर्ण खोप प्रगति प्रतिबेदन स्वास्थ्य शाखा प्रमुख श्री टुक मान श्रेष्ठ बाट बाचन गरिएको थियो । सोहि कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकाको तर्फबाट प्रतिनिधित्व गर्दै श्री सर्मिला ढकालले स्वास्थ्य क्षेत्रमा खोप कार्यक्रम लगायत अन्य महत्वपूर्ण कार्यक्रमहरुमा सहयोग गर्दै आएको र भविष्य मा पनि निरन्तर सेवा मा लाग्ने प्रतिबद्दता व्यक्त गर्दै पालिकाबाट थप आर्थिक तथा प्रोत्साहन को ब्यबस्थापन होस् भन्ने कुरा राख्नुभयो ।
कार्यक्रमा शुभकामना मन्तब्य स्वास्थ्यकर्मी हरुको तर्फबाट श्रीनाथकोट स्वास्थ्य चौकी प्रमुख श्री बिस्वनाथ पाण्डे ,वडा खोप समन्वय समितिको प्रतिनिधित्व गर्दै वडा न ६ का अध्यक्ष श्री प्रेम प्रसाद वस्ती र वडा ३ का अध्यक्ष श्री जगदिश्वर ढकाल ज्युले शुभकामना मन्तब्य सहित कार्यक्रम को निरन्तर आबश्यक रहेको कुरा बताउनु भयो। प्रमुख अथिति ज्युबाट महत्वपूर्ण सुझाबका साथ यस पूर्ण खोप कार्यक्रम को सबै प्रक्रिया पुरागरी आजको घोषणा कार्यक्रम सम्म खट्नुहुने तथा जिब्बेवारी का साथ काम गर्नुहुने सम्पूर्ण व्यक्ति,सस्था लाइ धन्यबाद दिदै पूर्ण खोप पालिका घोषणा भएको मा बधाईका साथ पालिका खोप समन्वय समितिका अध्यक्ष ज्यु लाइ प्रमाणपत्र समेत प्रदान गरि कार्यक्रम को निरन्तरताको कामना समेत गर्नुभयो ।
कार्यक्रममा प्रमुख अथिति ,अथिति ,वडा खोप समन्वय समितिका सम्पूर्ण पदाधिकारी ज्युहरु,स्वस्थ्यकर्मिहरु,स्वयम सेविका ज्युहरु तथा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई धन्याबाद ज्ञापन सहित यस कार्यक्रमका अध्यक्ष एवमं पालिका खोप समन्वय समितिका संयोजक श्री ज्ञानेन्द्र गुरुङज्यु बाट कार्यक्रम समापन गर्नुभएको थियो ।

आर्थिक वर्ष: