समाचार
श्री श्री गुरु गोरक्षधाम सिद्राश्रम केन्द्र गोरखाले पुजा, गोरक्ष हवन तथा सवा लाख रोट अर्पण कार्यक्रम मिति २०७८/०२/१२ देखी १९ गते सम्म सञ्चालन गरि सम्पन्न गरियो ।
स्कन्ध पुराणको हिमवत खण्डमा उल्लेख भएको पौराणिक कथा अनुसार सिरानचोक गाउपालिकाको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको स्थल सिरानचोककोट स्थित रहेको बाबा गोरखनाथको बालक्रिडा रहेको श्रीनाथ बाबा र श्रीनाथ मण्डलीको मन्दिरमा पिठाधिश बाबा बलभद्र नाथको अगुवाइमा श्री श्री गुरु गोरक्षधाम सिद्राश्रम केन्द्र गोरखाले पुजा, गोरक्ष हवन तथा सवा लाख रोट अर्पण कार्यक्रम मिति २०७८/०२/१२ देखी १९ गते सम्म सञ्चालन गरि सम्पन्न गरियो । यस कार्यक्रमले सिरानचोक गाउपालिकाको शक्ति पीठ श्रीनाथ बाबा र श्रीनाथ मण्डलीलाई प्रचार प्रसार गर्ने काम भएको छ । यस धार्मिक कार्यमा आर्थिक, भौतिक नैतिक सहयोग पुरयाउनु हुने सम्पूर्ण देश विदेशमा रहेका महानुभाव, स्थानिय समुदाय, जनप्रतिनिधि, गोरखा न प का मेयर, उपमेयर तथा सहिद लखन गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।