समाचार
सिरानचोक गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न
सिरानचोक गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न
भएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा पालिकाभित्रका १६ वटा विद्यालयका ४६३ विद्यार्थी तथा १५० शिक्षकको उल्लेखनीय उपस्थिति रहेको थियो।
सिरानचोक गाउँपालिकाका अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा महेन्द्र-लिला माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत तथा ४ कास्य पदक प्राप्त गर्दै यस वर्षको शिल्ड विजेता बन्न सफल भएको छ।
परोपकार माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलहरूमा परोपकार आदर्श माध्यमिक विद्यालयले ६ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित द्वितीय स्थान हासिल गरेको छ भने जनकल्याण माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत तथा ३ कास्य पदक प्राप्त गर्दै तृतीय स्थान प्राप्त गर्न सफल भएको छ।
समापन कार्यक्रममा उपाध्यक्ष श्रीमती रिता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत श्री ठाकुरप्रसाद अर्याल, वडाध्यक्षहरू, शिक्षा शाखाका प्रमुख श्री सुशील नराल, परोपकार माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री हरिश्चन्द्र दवाडीलगायत distinguished अतिथिहरूले विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई शिल्ड, पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
कार्यक्रमलाई सभ्य, सफल र भव्य रूपमा सञ्चालन गर्न सहयोग पुर्याउनु हुने वडा नं. ८ का अध्यक्ष तथा परिवार, परोपकार माध्यमिक विद्यालय परिवार, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, खेल प्रशिक्षक, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।