FAQs Complain Problems

सरानचोक विज्ञ सभा सुसम्पन्न

तस्बीर: 

सिरानचोक गाउँपालिकाको आयोजनामा भएको तीन दिने विज्ञ सम्मेलन सकिएको छ । मिति २०८२ जेष्ठ १७ गते सभाको समुद्घाटन सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्र्द गुरुङज्यूको अध्यक्षता र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव डा रविन्र्द प्रसाद ढकालज्युको प्रमुख आतिथ्यतामा सुसम्पन्न भयो । कार्यक्रममा सिरानचोक गाउँपालिका स्थाथी घर भई हाल स्वदेश तथा विदेशका विभिन्न संस्था र निकायहरुमा कार्यरत विज्ञज्युहरुको उपस्थिति र सहिभागितामा गाउँपालिकाबाट सञ्चालित योजना निर्माण कार्यक्रमहरुको सामिक्षाका साथै आगमी योजना निर्माण र छनौटका विषयमा छलफल र अन्तरकिया कार्यक्रम सुसम्पन्न भयो ।
तीन दिनसम्म आयोजित यस सभामा विभिन्न लक्षित वर्ग, शिक्षा युवा तथा खेलकुद, विज्ञान प्रविधि, वन वातावरण तथा विपद व्यवस्थापन, स्वस्थ्य ‍, उद्यमशीलता सिप विकास तथा विविध विषयमा केन्र्दित भई विषय विज्ञहरुको प्रस्तुतीका साथै सरोकारवालाहरुको सरकारका विषयमा विज्ञहरुको टिप्पणी र सुझाव तथा पेनल डिस्कसनका कार्यक्रमहरु सञ्चालन भए । कार्यक्रममा वरिष्ठ इन्जिनिएर ,डाक्टर, जनस्वास्थविद् , योजनाविद् , नीति निर्माता , पूर्व प्रशासकहरु, विश्वविद्यालयका प्रध्यापक तथा सम्बन्धित क्षेत्रका विषयविदहरुले बहस र अन्तर्कियामा सहभागि लिनु भयो । हरेक शाखा वा क्षेत्रको प्रगति प्रतिवेदन पेश , उक्त प्रतिवेदन माथि टिप्पणी सहितको छलफल, विज्ञहरुबाट प्राप्त सुझाव तथा प्रतिवेदनलाई समावेश गरि गाउँपालिकाले त्यसलाई अन्तिम रुप दिएर निकट भविष्यमा निर्माण गर्न लागिएको निति तथा कार्यक्रम र बजेटमा राख्ने तयारी छ । जेष्ठ १९ गते भएको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडलको प्रमुख आतिथ्यता रहेको थियो ।

आर्थिक वर्ष: