समाचार
समाजमा भएको लैङ्गिक हिंसा/ विभेद न्युनिकरण गर्न एकल पुरुषहरुका लागि कानुनी अधिकार सम्बन्धी श्रीनाथकोटमा ३ दिने तालिम सम्पन्न
सिरानचोक गाउँपालिकाको कार्यालय वडा नं ७ श्रीनाथकोटमा मिति २०८०।१२।१६ देखी १८ सम्म लैङ्गिक हिंसा/ विभेद न्युनिकरण गर्न एकल पुरुषहरुका लागि कानुनीअधिकारसम्बन्धी ३ दिने तालिम संचालन भएको छ । उक्त तालिममा वडा अध्यक्ष श्री राजेन्द्र बाबु ढकाल , वडा सदस्यहरु अनु गुरुङ, राजेश गुरुङ र निलबहादुर बस्नेत लगायत को सहभागीतामा महिला तथा बालबालीका शाखा अधिकृत शारदा ढकालले कार्यक्रम संचालन गर्नुभयो ।