FAQs Complain Problems

समाचार

निजमती कर्मचारी दिवसको उपलक्षमा आयोजित सिरानचोक सरसफाई अभियन

तस्बीर: 

निजमति कर्मचारी सेवा दिवशको उपलक्षमा सिरानचोक गाउँपालिकामा सरसफाइ कार्य सम्पन्न भयो। आ.ब. २०७५।०७६ को गाउँपालिकाको नीति तथा कार्यक्रममा समाबेश गरिएको सिरानचोक सरसफाइ अभियान अन्तरगत सुरुवातको रुपमा ८ वटै वडा र गाउपालिकाको कार्यालय र स्थानीय क्षेत्रमा सरसफाइ अभियन सम्पन्न भयो। गाउँपालिका अध्यक्ष राजु गुरुङ्गको नेतृत्वमा सञ्चालन भएको सरसफाइ अभियनमा उपाध्यक्ष रीता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत भेष बहादुर कुँवर, वडा नं. २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ्ग, वडा नं. ४ का अध्यक्ष दिपक हमाल लगायत गाउँपालिकाका सम्पूर्ण कर्मचारी, स्थानीय समाजसेवी बुद्दीजिवीहरुको समेत सहभागिता थियो। सरसफाइ अभियानको समापनमा स्थानीय बुद्दिजिवी को तर्फबाट शितल चन्द्र पोखरेल, ४ नं. वडा अध्यक्ष दिपक हमाल, प्रमुख प्रशासकीय अधिकृत भेष बहादुर कुँवर, उपाध्यक्ष रीता देवकोटाले मन्तव्य राख्नु भयो । सरसफाइ अभियानको समापनमा गाउँपालिका अध्यक्ष राजु गुरुङ्गद्वारा सरसफाइको महत्व र आगामी  दिनमा अभियानको निरन्तरताको बारेमा सन्देश  मुलक मन्तव्य व्यक्त गर्नु भइ  कार्यक्रम समापन भयो।

आर्थिक वर्ष: