FAQs Complain Problems

समाचार

अन्तरास्ट्रिय महिला दिवस – सिरानचोक गाउपालिका

अन्तरास्ट्रिय महिला दिवस – सिरानचोक गाउपालिका  

आज मिति २०७४ अर्थात सन् २०१८ मार्च ८ तारिकका दिन १०८ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस " आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण ग्रामिण तथा शहरी महिलाको जिबनस्तर रुपान्त्रण " भन्ने मूल नाराका साथ सिरानचोक गाउपालिका वाड नं ३ साबिकको हर्मी गा.बि.स, हालको सिरानचोक गाउपालिका वाड नं ४ र ५ साबिकको छोप्राक गा.बि.स र सिरानचोक गाउपालिका वडा नं ८ साबिकको जौबारी गा.बि.स मा बिभिन्न कार्यक्रम सहित मनाइएको थियो | जसमा आफ्नो हक , अधिकारबाट पछाडी परेका वा परिएका, महिला हिम्सामा परेका र केहि गरौ भन्ने भावना भएर पनि केहि गर्न नसकी घर भित्र नै सिमित रहेर बसेका महिला  दिदि बहिनिले आफ्नो पिडा, ब्यथा र मर्मलाई बिभिन्न माध्यम द्वारा अबगत गराउने दिनको रुपमा यस दिनलाई लिने गरेको छ |

      त्यसै अबसरमा यस सिरनचोक गाउपालिकामा पनि विभिन्न सामुदायिक संघ संस्था र महिला संजालको संयुक्त आयोजनामा महिला हिम्सा सम्बन्धि विभिन्न  कार्यक्रम जस्तै नाच, गित, मन्तब्य आदि कार्यक्रम गरि मनाइँएको छ|

आर्थिक वर्ष: