FAQs Complain Problems

समाचार

१६औँ गाँउसभा

Read More

श्रीनाथ कोट

Read More

श्रीनाथ मण्डली

Read More

संक्षिप्त परिचय

सिरानचोक गाँउपालिका नेपालको प्रशासनिक विभाजन अनुसार गोरखा जिल्ला र गण्डकी प्रदेशमा पर्दछ l भौगोलिक रुपमा २८००'४४.३८" देखि २८०९'३०.९७" अक्षांश र ८४०३०'४०.६१" देखि ८४०३९'५८.९९" देशान्तर र समुन्द्रि सतहबाट ४३४ मि.को उचाई देखि १९७३ मि.को उचाई सम्म फैलिएको यो गाँउपालिका पहाडि भू-बनोट भएको गाउँपालिका हो l सिरानचोक गाउँपालिका गण्डकी प्रदेशमा अवस्थित गोरखा जिल्लाको मध्यभागको उच्च पहाडि भागमा अवस्थित छ l प्रशासकीय हिसाबमा यस गाउँपालिका तत्कालिन ७ वटा गाउँ विकास समिति (केरावारी, थालाजुङ, साविक छोप्राक, हर्मी, गाँखु, श्रीनाथकोट र जौवारी) समावेश गरिएको छ l

भौगोलिक अवस्थिति नेपालको मानचित्रमा गाउँपालिकाको स्थिति :

प्रदेश : गण्डकी जिल्ला : गोरखा पालिका : सिरानचोक गाउँपालिका वडा संख्या : ८ पुर्व : अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका पश्चिम : पालुङ्गटार नगरपालिका उत्तर : राईनास नगरपालिका र दुधपोखरी गाउँपालिका दक्षिण : भीमसेनथापा गाउँपालिका र गोरखा नगरपालिका क्षेत्रफल : १२१.६६ वर्ग कि.मि उचाइ : ४३४ मि. देखि १९७३ मि. सम्म औसत लम्वाई : १४ कि.मि औसत चौडाई : १६ कि.मि जनसंख्या ः १९,७१९ जनघनत्व ः १६२ कुल परिवारहरु ः ५,९५८

ऐतिहासिक चिनारी तथा नामाकरण

ऐतिहासिक, पुरातात्विक गढी (जेठा कोट, माइला कोट, कान्छा कोट) एवं श्रीनाथ बाबा र श्रीनाथ मण्डली, जोगी गुफा भन्ने स्थानमा रहेको महादेव शिवालय समेत रहेको सिरानचोक गाँउपालिकाको नामाकरण सम्बन्धमा विभिन्न भनाईहरु रहेका छन् जसमध्ये एउटा प्रचलित भनाई अनुसार सिरानचोकको पुरानो नाम स्यार्तन हो l स्यार्तनको अर्थ सबैको प्रिय अग्लो डाँडा  भन्ने हुन्छ l वरिपरिका डाँडाहरु मध्ये, गोरखा देखि सबै भन्दा नजिकको अग्लो डाँडाको रुपमा चिनिने यस क्षेत्र नेपाल एकिकरणको प्रारम्भिक स्थान र तत्कालिन अवस्थामा गोरखा राज्यको वाइसे चौविसे राज्यहरुको आक्रमण बाट बच्न र उनीहरु सँग लडाई गर्ने रक्षा किल्लाको रुपमा परिचित छ l वडाकाजी अम्मर सिंह थापाको बुबा बाघ भिमसेन (भिमसिंह) थापाले समेत नेतृत्व गरेको किल्लाको रुपमा परिचित भएता पनि गोरखा राज्यको निर्माणको क्रममा वि.सं. १६१६ देखि १८३७ सम्म विभिन्न पटक चौविसे राज्यहरुसँग लडाई भएको गढी सिरानचोक गढीमा अन्तिम पटक वडाकाजी अम्मर सिंह थापाको नेतृत्वमा चौविसे राज्यहरुलाई पराजित गरी गोरखा राज्यको सिमाना चेपे र मर्स्याङदी नदीको किनार पार गरी अगाडी बढेको ईतिहासमा पाइन्छ l बाघ भिमसेन थापा र वडाकाजी अम्मर सिंह थापाको जन्मस्थल

अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना

सिरानचोक गाउँपालिकाको ६८ करोडको बजेटसहित नयाँ नीति तथा कार्यक्रम सार्वजनिक

सिरान्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६८ करोड १५ लाख ८ हजार रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १६औँ गाउँसभा अधिवेशनमा अध्यक्ष ज्ञानेन्द्र गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष रिता देवकोटाले अनुमानित बजेट विवरण पेस गर्नु

Pages

Elected - Block

अध्यक्ष
९८१३०३५६७३, ९८५६०४१६७८
hamrothalajung@yahoo.com
उपाध्यक्ष
९८४६३७७९०१
devkotarita2053@gmail.com

Block - Staff

प्रमुख प्रशासकीय अधिकृत
Phone:
9856010050
Email:
cao.siranchokmun@gmail.com
सूचना अधिकारी
Phone:
९८५६०१००४९
Email:
suchana.adhikari@siranchowkmun.gov.np

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरुः-

१.निबेदन पत्र
२.नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.२ प्रति फोटो
४.घर बहाल सम्झौता
५.आफ्नै घर भए चालु आ.ब मा मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- शुल्क
आवश्यक कागजातहरुः-

१.बुबाको नागरिकता
२.आमाको नागरिकता
३.जन्म दर्ता प्रमाण पत्र
४.श्रीमानको नागरिकता
५.बसाई सराई
६.शैक्षिक प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र/ सम्बन्ध विच्छेदको सुचना फाराम
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र / बसाई सराईको सुचना फारम
२. बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात
३. जहाँ जानेहो त्यस ठाउको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नु पर्ने
४. जाने आउने सबै व्यक्तिको नागरिकता / जन्म दर्ताको प्रतिलिपि
५. चालु आ.ब. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र / विवाहको सुचना फारम सहित दुलाहा दुलही उपस्थित हुने
२. दुलाहा दिलाहीको नागरिकता / जन्म दर्ताको प्रमाणपत्र, फोटो २/२ प्रति
३. दुलाहा दुलहीको बाबुको नागरिकता
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र / मृत्युको सुचना फारम
२. मृतक र सुचकको नागरिकता
३. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६. सुचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र / जन्मको सुचना फारम
२. बच्चाको बाबु/ आमा/ सूचकको नागरिकता
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

जानकारी

सिरानचोक गाउँपालिका कार्यालय

छाेप्राक, गाेरखा

Phone No:- ९८५६०१००५०

Email:-siranchokmun@gmail.com, ito.siranchowkmun@gmail.com, info@siranchowkmun.gov.np

Website:-www. siranchowkmun.gov.np