FAQs Complain Problems

समाचार

सिरानचोक गाउँपालिकाको योजना तर्जुमा प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन

तस्बीर: 

      सिरानचोक गाउँपालिका छोप्राकको र ग्रामिण विकास प्रशिक्षण केन्द्र कलवलगुरी, भद्रपुर, झापाको संयूक्त आयोजनामा निर्वाचित स्थानिय जन प्रतिनिधीहरुलाई ३ दिने स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण कार्यक्रमको सिरानचोक गाउँपालिका वडा नं. २ थालाजुङ्गमा शुभारम्भ भएको छ।

कार्यक्रमको अध्यक्षता सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङ्गले गर्नु भएको थियो, उहाँले गाउँपालिकाको वडा स्तरबाट छलफल भएको आयोजनाहरुको प्रथामिकीकरण कसरी गर्ने र नमुना युक्त योजनाहरु कसरी छनौट गर्ने भन्ने बिषयहरु तल्लो तहमा नै धनीभूत छलफल गरेर ल्याउन पर्ने तथा गाउँसभामा/वडासमितिमा सबै सदस्यहरुलाई योजनाको बिषयमा गम्भिर रुपले छलफल  गरि जानकारि गराउने उद्धेश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो र औपचारिक्तामाथि प्रकाश पार्दै प्रशिक्षक कृष्ण प्रसाद भट्टराईले मन्तव्य राख्नु भएको उद्धाटन सत्रमा गाउँपालिका उप-प्रमुख रिता देवकोटाले शुभकामना मन्तव्य राख्नुभयो।

जिल्लामा नै साथै गाउँपालिकाहरु मध्ये नै पहिलो पटक आयोजित कार्यक्रममा सिरानचोक गाउँपालिकाका शाखा प्रमुख, ८ वडाका वडा अध्यक्ष तथा सदस्यहरुको सहभाहिता रहेको छ। स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम चैत्र २२, २३, र २४ गते सम्म संचालन गरिने छ।

  

आर्थिक वर्ष: