FAQs Complain Problems

समाचार

सिरानचोकमा शैक्षिक अन्तरक्रिया

तस्बीर: 

सिरानचोकमा शैक्षिक अन्तरक्रीया

 

२०७४/११/२२ मा सिरानचोक गाउँपालिका स्तरीय शैक्षिक अन्तर्क्रिया तथा योजना निर्माण कार्यक्रम सम्पन्न भयो | गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रम गाउँशिक्षा समितिको सुझावमा गाउँ शिक्षा शाखाले व्यवस्थापन गरेको थियो |

अध्यक्ष राजु गुरुङले आफ्नो ४२ वटा बिध्यालय भ्रमणको अनुभब, बिभिन्न शैक्षिक तथ्यांकको आधारमा शिक्षा सुधारलाई जोडदिनु भयो | प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङले गाउँपालिका र शैक्षिक संस्थाको सम्बन्धमा नीतिगत पक्षमा मन्तब्य राख्नु भयो | बि.नि. दामोदर रेग्मी गाउँशिक्षा समितिका सदस्यद्दोय कृष्ण प्रसाद पोखरेल र हरि ढकाल र स्रोत ब्यक्ति ज्ञानेन्द्र पोखरेलले योजना निर्माण सम्बन्धमा सहजीकरण गर्नुभयो |

५० वटा बिध्यालयको प्र.अ. प्रतिनिधि सहभागी कार्यक्रममा सहभागीको बिचार, अनुभब र योजना प्र.अ. हरु कृष्ण बहादुर न्यौपाने रुद्र पोखरेल र कमल ढकालले टिपोट गर्नुभयो | अन्तरक्रियाक निचोड उपलब्ध तथ्यांक र प्रचलित ऐन नियमको आधारमा रहेर शैक्षिक योजना निर्माण गर्ने कार्यको सुरुवात भएको छ |

आर्थिक वर्ष: